देव वोगटी / स्याङ्जा, ४ असोज ।
विविध कार्यक्रम सहित गल्याङ जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रम आगामी असौज २४ गतेवाट सुरु गर्ने भएको छ । सोमवार गल्याङमा आयोजित पत्रकार सम्मेलन मार्फत गल्याङ जेसीजले वर्ष २०२२ को वार्षिक कार्ययोजना अनुसारको सप्ताहव्यापी कार्यक्रम असोज २४ गतेवाट सुरु गरी ३१ समापन हुने जानकारी दिएको छ ।
विधिको शासन, विश्व वन्धुत्वको भावना र मानवताको सेवामा समर्पित युवाहरुको विश्वव्यापी संगठनको रुपमा रहेको १८ वर्षदेखि ४० वर्ष सम्मका यूवाहरुले नेतृत्व गर्ने संस्थाले गल्याङ नगरपालिकामा स्थापनाको छोटो समयमा निकै राम्रो छवि निर्माण गर्न सफल भएको हुँदा समाजमा रचनात्मक कार्य गर्नका लागि जेसीज सप्ताह गर्न लागिएको गल्याङ जेसीज वर्ष २०२२ का अध्यक्ष विष्णु अधिकारीले जानकारी दिए ।
संस्थाको सामाजिक उत्तरदायीत्व वहन गर्दै २४ गतेदेखि सुरु हुने कार्यक्रममा रामनदी धाम राम्दीका बृद्वबृद्वा सम्मान कार्यक्रम, उत्तरबाहिनीका बटुकहरुलाई भोजन गराउने, स्लो वाईक तथा स्कुटर रेस, घैटोफोर कार्यक्रम, गल्याङ नगरपालिका वडा नं. १ मालुङ्गा र वडा नं. ११ का मृगौला पीडितहरुलाई नगद सहयोग हस्तान्तरण, गल्याङ नगरपालिका स्तरीय अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रम गरिने पत्रकार सम्मलेन मार्फत अध्यक्ष अधिकारीले जानकारी गराए ।
सप्ताहव्यापी कार्यक्रम गर्न झण्डै ५ लाखको अनुमानित खर्च समेत पत्रकार सम्मेलनमा जानरकारी गराएका थिए । कार्यक्रमवाट बचत रकम मानवताको सेवा तथा जेसीजमा लागेका यूवाहरुलाई तालिम साथै अक्षयकोष स्थापना गरिने समेत जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले यूवाहरुको नेतृत्व विकासमा उल्लेखनीय भूमिकामा रहेको जेसीजले सप्ताहव्यापी कार्यक्रममा सामाजिक, धार्मिक र यूवा लक्षित कार्यक्रम आयोजना गरिनुले समाजमा यसले सकारात्मक प्रभाव पार्ने वताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले आज देश निर्माणको जिम्मा जेसीज जस्ता संस्थामा लागेका यूवाहरुमा रहेकाले विधिको शासन स्थापनाका लागि शसक्त लाग्न पर्ने वताएका थिए । वालिङ जेसीजका पूर्व अध्यक्ष समेत रहेका कोइरालाले जेसीजले सामाजिक सेवा भन्दा उद्देश्य अनुरुप यूवाहरुलाई तालिमको माध्यमवाट निखार ल्याएर नेतृत्वमा पुग्नुपर्ने जिकिर गरेका थिए ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, वालिङ जेसिजका पूर्व अध्यक्ष देब बोगटी लगायतले कार्यक्रम फलदायी हुनेमा विश्वस्त रहेको वताएका थिए ।
गल्याङ जेसिजका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मुल समितिका संयोजक खगेन्द्र भण्डारीले र कार्यक्रममा आस्था पाठक नेत्रलाल अर्याल, जेसिजको मिसन भिजन साधना न्यौपानेले गरेका थिए । भने कार्यक्रम महासचिव प्रतिमा भट्टराईले गरेकी थिइन् ।