गल्याङ, ११ – असार ।
गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८२ करोड ५६ लाख ४२ हजार रुपैयाँ खर्च अनुमान गरेको छ । नगरपालिकाको ११ औँ नगरसभामा नगर उपप्रमुख हेमा न्यौपानेले आगामी वर्षको वजेट सार्वजानिक गर्दै बजेट नेपाल सरकारको सशर्त अनुदान, वित्तिय समानीकरण अनुदान, प्रदेश सरकारवाट प्राप्त विभिन्न शिर्षकका अनुदान र आन्तरिक स्रोतवाट बजेट अनुमान गरिएको जानकारी दिइन् ।
नगर प्रमुख गुरुप्रसाद भट्टराई द्वारा सभामा पेश गरिएको नीति तथा कार्यक्रमको आधारमा बजेट विनियोजना गरिएको जनाइएको छ । सभामा पेश गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ मा विशेष जोड दिइएको छ।
शिक्षा तर्फ गरिब बिपन्न जेहेन्दार विद्यार्थीहरुलार्इ पुर्ण छात्रावृत्ति, शिक्षक हरुको क्षमता अभिवृद्धिको लागि माग मा आधारित तालिम पेसागत दक्षता, अभिभावक बिहिन अति बिपन्न बालबालिकाहरुका लागि शैक्षिक सामग्रीको ब्यबस्था शैक्षिक विकासको लागि प्रतिभाको खोजी कार्यक्रम, शैक्षिक केन्द्रहरुलाई इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती, लगाएतका विभिन्न शिर्षक मा बजेट बिनियोजन गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा नागरिक लाई स्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण, सुत्केरी एम्बुलेन्स, योग तथा प्राकृतिक अस्पताल निर्माण ,विभिन्न ठाँउमा शहरी स्वास्थ इकार्इ स्थापना, उपप्रमुख सङ आमा सुरक्षा कार्यक्रम ,पोषण युक्त खाना पुर्ण खोपको सुनिश्चिततामा पहुँच विस्तार लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि पेसालाई बैज्ञानिक ढंगबाट ब्याबस्थापन गरि कृषिको व्यवसायिकरण, बिबिधिकरण, यन्त्रिकरण,तथा बजारीकरण मा विशेष जोड दिइएको छ ।
कृषक समूह पहिचान तथा वर्गीकरण गरिने, भुमी बैक को स्थापना गरि बाँझो रहेको खेतियोग्य जमिनलाइ लिजमा लिइ बेरोजगारी युवाहरूलाई कृषि कार्यक्रम लागू गर्ने, सुन्तला को भण्डारन को लागि कोल्ड रुमको व्यवस्थापन गर्ने लगाएतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
पूर्वाधार बिकास मा उर्जा ,सडक, पुल भवन, शहरी बिकास ,ढल निकास को लागि प्राथमिकता दिइएको छ । खाने पानी को लागि एक घर एक धाराको निमाण गर्ने गरि ३ बर्ष भित्र प्रत्येक घरधुरिमा स्वच्छ पिउने पानी ब्यबस्था गरिने, त्यसै गरी पर्यटन, भाषा, संस्कृति संरक्षणका कार्यक्रमहरु, यूवा तथा खेलकुद क्षेत्रको विकास सूचना प्रबिधी ,बन बाताबरण तथा बिपत ब्यबस्थापन ,सस्थागत बिकास सेवा प्रबाह सुशासन लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।
आ.व. २०७९ / ०८० को बजेटले स्वरोजगारमा विकास, उत्पादनको वृद्धि, पूर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन लगायतका उद्धेश्यहरु राखेको छ । सभा गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।