हिमदुत १० असार
अर्जुनचौपारी गाउँपालिकाको ११ औं गाँउ सभामा आगामी आर्थिक बर्ष २०७९/०८० को लागि ४४ करोड १८ लाख १९ हजार बराबरको बजेट अनुमान गरेको छ । सभामा उपाध्यक्ष सपना गुरुङ्ले बिनियोजन बजेट मध्ये १४ करोड ३३ लाख ८९ हजार रुपियाँ पुजिगत तर्फ, सात करोड ३९ लाख ३० हजार चालु खर्च रहेको छ ।
आगामी बर्षको अनुमान गरिएको बजेटमा नेपाल सरकारबाट वित्तीय समानिकरण अनुदान नौ करोड चार लाख, सशर्त अनुदान तर्फ १८ करोड ४५ रकम चालु तथा पुजिगत बजेट बिनियोजन भएको छ । राजस्व बाटफाटबाट छ करोड ७८ लाख २५ हजार, संघीय बिशेष अनुदान दुई करोड ३० लाख, प्रदेश सरकारबाट बित्तिय समानिकरण ९८ लाख ३९ हजार, समपुरक अनुदान ५० लाख, शसर्त अनुदान ५० लाख, प्रदेश राजस्व बाडफाड ३७ लाख ५५ हजार, संघ समपुरक ७० लाख, आन्तरिक राजस्वबाट ५५ लाख र अ.ल्या चार करोड अनुमान गरिएको सभामा उपाध्यक्ष गुरुङले बजेट वक्तव्यमा उल्लेख गरेकी छन् ।
गाउँपालिकाको पहिलो प्राथमिकता सडक पूर्वाधार निर्माणमा राखेको छ । यसका अलवा शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी र पूर्वाधार निर्माणमा बजेटले जोड दिएको छ ।