हिमदुत, ८ असार । ई–सेवा अकाउण्टमा पैसा हाल्दे भन्दै कुनै साथिको म्यासेन्जरबाट म्याससेज आयो ? पैसा पठाउनु अघि बिचार गर्नुहोस् है ! किन भने त्यस्ता म्यासेज तपाईंको साथिको म्यासेञ्जर ह्याक गरी पठाइएको पनि हुन सक्छ । यदी यस्तो म्यासेज तपाईंलाई पनि आयो भने पैसा पठाउनु अघि अब बिचार गर्नु होला । किन भने, विभिन्न व्यक्तिहरुले आफूलाई यस्तो म्यासेज आएको र पैसा पठाउँदा ठगिएको भन्दै फेसबुकमा स्टाटस लेखिरहेका छन् । वालिङमा केही दिनवाट यस्ता म्यासेजले हैरान पारेको छ । नेपाली काँग्रेसका जिल्ला सचिव दामोदर लम्साल, साना सहरी खानेपानीका प्रमुख देव वोगटी, चक्रवन्धु रेग्मी लगायतका धेरै व्यक्तीहरूको फेसवुक ह्याक भैसकेको छ । उनीहरूको म्यासेन्जरवाट आफन्त तथा साथीहरूवाट पैसा माग्ने आतंक मच्चाएको छ । केही व्यक्तिले पैसा पठाएर फोन गरिसकेको पिडित चक्रवन्धु रेग्मीले वताए । साईवर सुरक्षाका लागि आफूले यस्ता गिरोह पत्ता लगाउन प्रहरीकोमा निवेदन दिन लागेको वताए ।