स्याङ्जा, २७ माघ ।
स्याङ्जाको चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा बिहीबार चापाकोटमा स्थानीय र सरोकारवाला संग कृषि तथा बन क्याम्पस सञ्चालनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा कार्यक्रममा पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र कमाई सँगै हुने मोडेलबाट सुरु गर्नुपर्ने भन्दै चापाकोटमा क्याम्पस स्थापना गर्नका लागि अहिलेसम्म जग्गा व्यवस्थापन र सम्बन्धनको काम मात्र भएको बताइन् । क्याम्पसको भौतिक पूर्वाधार, क्याम्पस सञ्चालनका लागी आवश्यक जनशक्तिका लागि तीन तहको सरकारलाई परिचालन गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
कार्यक्रममा प्रदेश शिक्षा मन्त्री मेखलाल श्रेष्ठले चापाकोटमा कृषि क्याम्पस सञ्चालन हुँदा दुई प्रदेशका विद्यार्थीहरूलाई राहत मिल्ने बताए । कार्यक्रममा कृषि तथा वन विज्ञान उपकुलपति पुण्यप्रसाद रेग्मी, रजिष्टार प्रदेश संसद् मोहन रेग्मी, भागवत प्रकाश मल्ल, नेकपा एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, नेपाली कांग्रेस क्षेत्रीय सभापति दिलीप खाँण, प्राध्यापक हिमाल लुइँटेल लगाएको उपस्थिति रहेको थियो ।
चापाकोट नगरपालिकाको समन्वय र कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा सम्पन्न कार्यधmममा चापकोट नगरपालिकाको पहलमा सहयोग समिती निर्माण गरी काम अगाडी वढाउन छलफलवाट निष्कर्ष निकालेको चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीले जानकारी दिए ।
नगर प्रमुख गिरीले चापकोटको विकास संग जोडिएको यो क्याम्पस हाल सम्म सन्चालन हुन नसक्नु जिल्लावाट नेतृत्वमा पुगेकाले चासो नदेखाउनुनै प्रमुख रहेको वताए । नगर प्रमुख गिरीले आवश्यक पूर्वाधार निर्माण र सन्चालनका क्रममा आवश्यक जस्तो सुकै सहयोग गर्न नगरपालिका तयार रहेको समेत जानकारी दिए ।
क्याम्पसको भौतिक पूर्वाधारका लागी आवश्यक १२० रोपनी जग्गा खरिद गरी सकिएको छ भने क्याम्पसले सम्बन्धनको काम समेत सकिएको छ । प्राकृतिक श्रोत व्यवस्थापन कलेज नामको प्रस्ताव गरिएको क्याम्पस सञ्चालन आएपछि लुम्बिनी प्रदेशको पाल्पा, तनहुँ र स्याङ्जाका विद्यार्थीहरूले अध्ययन गर्न पाउनेछन् ।