उर्जा विवेक अनि क्षेमता भएका व्यक्ति छ्नोट गरि नेतृत्वमा लैजान आफू तयार रहेको नेता पाण्डेको भनाइ
आफ्नो भनाइ व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य मोहन पाण्डे
स्याङ्जा–नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न २ स्याङ्जा द्वारा आयोजित संविधान दिवसका उपलक्ष्यमा प्रतिनिधिमुलक कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै नेपाली काङ्ग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य मोहन पाण्डेले जिल्लामा एकाकार रहेर नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन सम्पन्न पार्ने अहिलेको आवस्यकता रहेको बताए ।
नेता पाण्डेले महाधिवेशनमा उर्जा विवेक अनि क्षेमता भएका व्यक्ति छ्नोट गरि नेतृत्वमा लैजान आफू तयार रहेको र अहिलेको अवस्थामा स्याङ्जा काङ्ग्रेसलाई पनि यसको आवस्यकता रहेको कार्यक्रम मार्फत बताएका थिए ।
हेर्नुहोस भिडियो :
पार्टी एकाकार रुपमा अगाडी बढाउनका निम्ति आफुलाइ कुनै पदको लोभ नभएको र समग्र कार्यकर्ताको निर्देशन पार्टीको निर्णय अनुसार नै आफू अगाडी बढ्ने नेता पाण्डेको भनाइ थियो । नेपाली काङ्ग्रेस स्याङ्जाको निम्ति आफुले एकाकार बनाएर लैजाने र समग्र जिल्ला कार्यसमिति देखी वडा कार्यसमिति सम्मको जस्तोसुकै निर्णयलाई आफुले स्वीकार गर्दै जाने पाण्डेको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेश साम्सद भगवत प्रकाश मल्ल,पुर्व साम्सद शंकर प्रसाद पाण्डे,नेपाली काङ्ग्रेस माहासमिती सदस्य भोजराज अर्याल ,नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी,नेपाल महिला संघ स्याङ्जाको अध्यक्ष एवं वालिङ नगर उपप्रमुख कल्पना तिवारी,वालिङ नगरप्रमुख दिलिप प्रताम खाण,चापाकोट नगरप्रमुख शिव कुमार गिरि,भिरकोट नगरप्रमुख छायाराम खनाल,नेविसंघ महामन्त्री युवराज पाण्डे, महिला संघ क्षेत्रीय सभापति गायत्री आचार्य लगायतका वक्ताहरूले आफ्नो भनाइ राखेका थिए ।
नेपाली काङ्ग्रेस क्षेत्र न २ का सभापति देव बहादुर खाण (ईश्वर) को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन क्षेत्रीय सचीव महेश भट्टराईले गरेका थिए ।