हिमदुत, स्याङ्जा १३ भदौ । अविरल वर्षाका कारण स्याङ्जाको गल्याङ नगरपालिका स्थित राम्दीमा पहिरो गएको छ । पहिरोमा घर पुरिदा ३ जना घाइते भएको प्रहरी चौकी राम्दीले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पहिरोले सिद्धार्थ राजमार्ग समेत अवरूद्ध भएको छ । पहिरो हटाउने कार्य भईरहेको छ । पहिरोमा परि घाईते हुनेमा वालिङ १४ कि धनमाया उम्रा मगर, सैनामैना नगरपालिकाका सुशील योगी र छत्रदेवी गाँउपालिकाकी लक्ष्मी वस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । घाईते मध्ये मगरको अवस्था चिन्ताजनक रहेको समेत प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीले उद्दार जारी राखेको छ ।