काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को साथमा रहेको बताएका छन् । खनालको सचिवालयले खनालको फेसबुकमार्फत माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको जनाएको हो । खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत छन् ।
उनको सचिवालयले लेखेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँछौं ।