काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब अर्को पार्टी दर्ता गर्ने प्रक्रियामा लागेको बताएका छन् । मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा नेता नेपालले उनले यस्तो बताएका हुन् ।
आज पार्टी एकताका लागि अन्तिम प्रयासका रुपमा घनश्याम भुसाललाई ओलीलाई भेट्न पठाएका थिए । ‘कमरेड घनश्याम भुसालले एकताको लागि अन्तिम प्रयास गरौं भनेर आउनुभएको थियो । अहिलेसम्म ओलीले गरेका सबै निर्णय फिर्ता भयो भने पार्टी एकता गर्नुहुन्छ भन्दा मैले हुन्छ भनेर भुसाललाई पठाएको थिएँ’ उनले भने ‘साढे २ बजे घनश्याम भुसाल ओलीलाई भेटन जानुभएको थियो । तर अहिले त कारवाही गरिसक्नुभएछ । उहाँले माधव नेपाल लगायतका लागि पार्टीको ढोका बन्द भएको बताइसक्नुभएको छ । उहाँ (ओली) ले माधव नेपालहरुका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भन्नुभएछ ।’
उनले आगामी चुनावमा तालमेल गरेर वा छुट्टाछुट्टै जान सकिने पनि उल्लेख गरेका थिए ।