निशान्त सुवेदी
वालिङ, ११ साउन ।
वालिङ नगरपालिकामा संयुक्त राष्ट्रसंघिय विकास नियोग ९यूएनडीपी०को साझेदारीमा फोहरमैला व्यवस्थापन परियोजना सुरु भएको छ ।
हरित पुनःउत्थान प्रवर्दन परियोजना ( पिजीआरपी) का लागि वालिङ नगरपालिकाले ४ करोड ९२ लाख १३ हजार १ सय ७ रुपैंयाको लागतमा परियोजनाको काम सुरु भएको आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यूएनडीपीले १ करोड ६३ लाख ७४ हजार र वालिङ नगरपालिकाले ३ करोड १५ लाख ५६ हजार ६५ रुपैंया साझेदारी गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी गराए ।
नगरपालिकाले राष्ट्रिय योजना आयोग तथा अन्य दातृ निकायवाट सहयोग जुटाइ परियोजना सन्चालन गरेको समेत नगर प्रमुख खाँणले जानकारी दिए ।
परियोजना दियालो संस्थाको सहजिकरण र वालिङ प्रोडक्ट होल्डिङ वहुउद्देश्यीय सहकारी संस्थाले सन्चालन गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । १० महिना सम्म सन्चालन हुने परियोजनावाट फोहरमैला आर्थिक उपार्जनको लागी महत्वपूर्ण स्रोत हुन सक्ने समेत दावी गरिएको छ ।
परियोजना सम्पन्न पश्चात एक हजार दुई सय पचास जनाले प्रत्यक्ष रोजगारीको अवसर श्रृजना गर्ने लक्ष्य लिइएको वालिङ प्रोडक्ट होल्डिङ वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामवहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार परियोजना सम्पन्न पश्चात वालिङ नगरपालिकामा उत्पादित फोहरलाई व्यवस्थापन गर्ने, वायोग्याँस र प्रङ्गारिक मल उत्पादन गरी व्यवसायीक जैविक खेतीलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको समेत जानकारी दिए ।
परियोजनाले व्यवस्थित फोहर संकलन तथा फोहर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने समेत जानकारी गराइएको छ । भने, साझेदार अन्तराष्ट्रिय संस्था युनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी)ले नगरपालिकालाई कोभीड -१९ पश्चातको हरित पुनःस्थापना सम्बन्धी योजनाको निर्माण एवम् कार्यन्वयन गर्न टेवा पुर्याउने जानकारी दिएका छन् ।
परियोजनाले फोहरमैला व्यवस्थापनमा अत्याधुनिक मेसिनको प्रयोग गर्ने, वायो ग्यास प्लान्ट निर्माण गर्ने, एक हजार व्यक्तीलाई बिनहरु वितरण गर्ने, ग्रिन पार्क निर्माण गर्ने, सिद्धार्थ राजमार्गको जैसी पधेरावाट कालीमाटी सम्म सडकको विच भागमा वृक्षारोपण गर्ने, अर्गानिक खेती तथा मल उत्पादनमा तालिम तथा विउ विजनमा सहयोग गर्ने र उत्पादित कृषि उपजलाई बजारसम्म आर्थिक उपार्जनमा सहयोग गर्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले जानकारी दिए ।
वालिङ प्रोडक्ट होल्डिङ वहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनको सहजीकरण सचिव भुपराज बगालेले गरेका थिए भने परियोजनाको प्राविधिक पक्षको वारेमा इन्जिनियर दिपेन्द्र श्रेष्ठले जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले फोहर व्यवस्थापन र भावी रणनितीका वारेमा जिग्यासा राखेका थिए । कार्यक्रममा स्वागत नेत्र सुवेदीले गरेका थिए ।