गल्याङ, २२ असार । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर ६ पिडिखोलाका ८० परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बोका बाख्रा तथा घाँस वितरण गरेको हो ।
६ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष टिकाराम भूषालले किसानहरुलाई आत्मनिभर र व्यवसायिक बनाउन सहयोग पुग्ने बताए । उनले कृषि र पशुको क्षेत्रमा नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गरे ।
वडाध्यक्ष भूषालले किसानलाई आवश्यक अन्य सहयोग नगरपालिकावाट हुने वताउदै कृषि कर्मवाट आत्मनिर्भर हुन वडावासीलाई आग्रह गरे ।
कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले खरी तथा बोयर जातका बोका वितरण गरिएको जानकारी दिए । उनले उन्नत जातका बोकाबाट व्यवसायिक रुपमा अगाडी बढ्न सहयोग पुग्ने बताए । अर्यालले बाख्राका लागि आवश्यक घाँस पनि सँगै वितरण गरी दानाको खपत कम गर्ने लक्ष राखिएको जानकारी दिए ।
सो अवसरमा सुपर नेपियर, मोलाटो, गवाटेमाला, बदामे, राइखनियो लगायतका घाँसका विउ वितरण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका पिडिखोला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देविलाल पाण्डेले प्राप्त बोका र घाँसको सदुपयोग गर्न आग्रह गरेका थिए ।