भवानी अधिकारी/स्याङजा
राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र राप्रपा युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्कीले शुक्रवार स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
कार्कीले पुतलीबजार नगरपालिका वडा नं. ५ स्थित पौवेगौडेको स्थास्थ्यचौकीलाई लक्षित गर्दे नगरप्रमुख सीमा क्षेत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । समाजसेवी कार्कीद्धयले ५ लीटर अक्सिजन कन्सन्ट्रेटर, २ सय १० लीटर सेनीटाइजर, २ वटा अक्सिमीटर र ५ हजार वटा मास्क सहयोग गरेका छन् ।
सामाग्री ग्रहण गर्दै नगरप्रमुख क्षत्रीले कोरोना संक्रमितका लागि अत्यावश्यक रहेका सामाग्री उपलब्ध गराएर पौवेबासीलाई सहयोग गर्नुभएकोमा खुशी ब्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्की, वडा अध्यक्ष रामचन्द्र रेग्मी, वडा सचिव सन्तोष राना लगायतले सहयोगदातालाई धन्यवाद ब्यक्त गरेका थिए ।
यसैगरी, पत्रकार महासंघ स्याङजा शाखालाई ४० वटा सेनीटाइजर र २ हजार थान मास्क सहयोग गरेका छन् । पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीलाई महासंघको कार्यालयमा पुगेर उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
यस्तै, वडाभित्रका ९ जना स्वास्थ्य स्वयंसेवीलाई जनही ३ सय वटा मास्क र ५÷५ लीटर सेनीटाइजर पनि वितरण गरेका छन् । करिब २ लाख ३० हजार मूल्य बराबरका सामाग्री कार्कीद्धयले ब्यक्तिगत खर्चमा उपलब्ध गराएका हुन ।