काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २/२ रुपैयाँ बढेको हो ।
आयल निगमका अनुसार पेट्रोल १२७ रुपैयाँ प्रतिलिटर, डिजेल ११० रुपैयाँ प्रतिलिटर, हवाइ इन्धन आन्तरिक उडानतर्फ ८२ रुपैयाँ प्रतिलिटर तथा हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ ७३५ अमेरिकी डलर प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।