हिमदुत सम्वाददाता
स्याङ्जा, ३१ जेठ ।
शनिवार गण्डकी प्रदेशको नयाँ सरकार गठनका विषयमा प्रदेश प्रमुख सिताकुमारी पौडेलले दिएको समयसीमा सकिएपछि मुख्यमन्त्रीमा ३१ जना साँसद सहित दावी गरेका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्ती नगरी संसद विघटन गर्न खोजेको आरोपमा साँसदहरु धर्नामा बसिरहेको वेला आफूलाई प्रहरीले भित्र जान नदिएपछि भएको सामान्य भनाभनलाई तोडमोड गरि सामाजिक सन्चालमा भाइरल बनाएको नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले वताएका छन् ।
प्रदेश सरकारको मन्त्रीको दौडमा रहेका श्रेष्ठ स्याङ्जा क्षेत्र नं १ वाट नेपाली काँग्रेसको तर्फवाट समानुपातिकमा निर्वाचित प्रदेश साँसद हुन् । उनले आफूले भन्न खोजेको बिषलाई तोडमोड गरेर विवादमा तान्न खोजिएको बताउँदै आफ्नो भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताए ।
प्रदेश प्रमुखले सरकार दावी गर्न दिएको समय सकिएपछि गठवन्धनको तर्फवाट मुख्यमन्त्री दावी गरिएका कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री नवनाई एकाएक संसद विघटन गर्ने षडयन्त्र भएपछि त्यसको विरोधमा हामी ३१ जना सांसद प्रदेश प्रमुखको निवास अगाडी धर्नामा बस्ने कार्यक्रममा आफूलाई गेटवाट भित्र जान प्रहरीले रोकेपछि सामान्य विवाद जस्तो भएको थियो त्यसैलाई बेलुका तोडमोड गरेर विपक्षीहरुले सामाजिक संजालमा भाइरल बनाएको देख्दा आफै दंग परेको उनले वताए ।
हामी विधिको शासन स्थापित गर्नका लागि प्रदेश प्रमुखको निवास अगाडी शान्तिपूर्ण धर्नामा छौ, बाहिरको माहौल एकाएक परिवर्तन भयो संविधान विपरित प्रदेश सांसद विघटन गर्न नदिन दवाव श्रृजना गरेका थियौं आफूले म सांसद हुँ भित्र जान दिनुस भन्दा प्रहरी निरिक्षक स्याम थापाले रोकेपछि माननीयलाई भित्र जान रोक्न मिल्छ भनेर भन्दा प्रहरी र आफू विच छोटो समय समान्य भनाभन मात्र भएको श्रेष्ठले वताए ।
उनले भने, हामी विरोधमा थियौ लोकतन्त्रमा शान्तिपूर्ण विरोधमा यस्ता सामान्य भनाभन त भइहाल्छ त्यसलाई विपक्षीले मसला वनाउन खोजेका मात्र हुन । म पनि जनताको प्रतिनिधि हो के गर्न हुन्छ के हुन्न भन्ने हेक्का छ । विपक्षीहरुले नयाँ सरकारको मन्त्री हुन्छकी भनेर मसला बनाएका मात्र हुन उनले थपे ।
प्रदेश प्रमुखको निवासमा कसैलाई छिर्न नदिन आदेश भएकाले सांसदलाई पनि रोकेको प्रहरी अधिकारीहरुको भनाई छ । कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमाल र प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी चिनिमाया तामाङले सांसदहरूलाई सम्झाइ बुझाइ गरेका थिए। डिएसपी हमालले सांसदहरूलाई आश्वस्त पार्दै हामीलाई आदेश छैन सर, तपाईंहरूले बुझिदिनुपर्यो भनेपछि कांग्रेस गठबन्धनका सांसदहरु गेट अगाडि धर्नामा बसेका थिए।
सांसद श्रेष्ठ र इन्पेक्टर श्याम विचको दोहोरो सम्वादको भिडियो आफूले पनि सामाजिक संजालमा देखेको कास्की प्रहरी प्रवक्ता हमालले वताए । भिडियोमा भएको संवादमा माननीयले हिसाव किताव हुन्छ भन्दा इन्स्पेक्टरले जवाफ फर्काएको सामान्य भनाभनको दृष्य देखिन्छ ।
इन्स्पेक्टर श्यामलाई सांसदले थर्काएको भिडियो भाइरल भएको आफूले पनि देखेको प्रवक्ता हमालले बताए। “माननीयज्यूले किन थर्काउनुभयो, थाहा भएन, उनले भने, “माननीयज्यूले हिसाबकिताब हुन्छ भन्नुभयो, इन्स्पेक्टरले जवाफ दिनुभएको हो, सामान्य भनाभन हो।” शान्ति सुरक्षा दिने आफूहरूको कर्तव्य भएको र शनिबार पनि त्यही गरेको प्रवक्ता हमालले जानकारी दिए ।
गण्डकी प्रदेश संसदीय दलका उपनेता श्रेष्ठ सरल स्वभावका सांसदको रुपमा मानिन्छन् । स्प्रष्ट वोल्ने भएकाले उनलाई पहिलो पटक भेट्ने मानिसले उनलाई बुझ्न केही समय लाग्छ अहिले नयाँ मन्त्री मण्डलको मन्त्रीमा नेपाली काँग्रेसको कोटावाट दावेवारको रुपमा रहेका श्रेष्ठलाई बदनाम वनाउन विपक्षीहरुले सामाजिक संजालमा भाइरहल बनाउन खोजेका हुन बाहिर आए जस्तो यथार्थ घटना नभएको कांग्रेसका कार्यकर्ताहरु बताउछन् ।