सबिन डोटेल
गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङको सरकार ढले सँगै नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता कृष्ण चन्द्र नेपाली पोख्रेलको नेतृत्वमा प्रदेश सरकार गठन प्रक्रिया अगाडी बढेको छ। गुरुङको सरकार ढाल्न काङ्ग्रेस ,मावोबादी केन्द्र लगायतको गठबन्धनको रस्सा कस्सी महिनौं चलेता पनि त्यसलाई पुर्णता दिन भने शनिबार मात्रै सफल भएका हुन।
यसैबीच नयाँ सरकार गठन प्रक्रियालाई पुर्णता दिन कुन मन्त्री कस्लाइ बनाउने भन्ने बिषयमा काङ्ग्रेस भित्र भने व्यापक बहस सुरु भएको छ। यो बहसका मुख्य पात्र बनेका छन स्याङ्जा क्षेत्र न.२ख बाट प्रत्यक्ष निर्बाचित प्रदेश सभा सदस्य भागबत प्रकाश मल्ल।
जस्ले तत्कालीन बाम गठबन्धनका अन्तरगत मावोबादि उमेरद्वार सुर्य प्रकाश गैह्रे “पारस”लाई भारी मत अन्तरले पछि पार्दै स्याङ्जामा काङ्ग्रेसको चार तारे झन्डा गाडेका थिए। नरम र मिजास स्वभावका भागवत प्रकाश मल्ल नेपाली काङ्ग्रेस स्याङ्जाका महासमिति सदस्य स्व.गजेन्द्र प्रकाश मल्लका सुपुत्र हुन।
मल्लले आफ्नो राजनैतिक यात्रा बिद्यार्थीकाल देखिनै नेपाल बिद्यार्थी संघ बाट सक्रिय हुँदै छोटो समयमा नै नेपाल तरुण दल स्याङ्जाका जिल्ला अध्यक्ष समाल्न पुगेका हुन। स्याङ्जा काङ्ग्रेस भित्र मल्लको पकट दरिलो हुँदै जादा युवा बर्गमा युवा राजनीतिको अभ्यासलाई प्रमुख प्राथमिकताका साथ उठाएका मल्लले,स्याङ्जा काङ्ग्रेस भित्रका अधिकतम युवाको मन मस्तिष्कमा अटल रुपमा स्थापित हुन सफल भएका हुन।
केहि समयदेखि गण्डकी प्रदेशमा ओली सरकार ढलाउन मल्लले लामै दौड धुप गरिरहेका थिए।जुन कुरा मनाङबाट प्रत्यक्ष निर्बाचित भएका र काङ्ग्रेस नेतृत्वको प्रदेश सरकारको मन्त्री बन्दै हाल सम्म गण्डकी प्रदेशमा तिन पटक मन्त्री बनिसकेका राजिब गुरुङले सार्बजनिक गरेका थिए।गुरुङ भन्छन,पृथ्वी सुब्बा गुरुङको सरकार ढलाउन यदि कसैको प्रमुख भुमिका छ भने त्यो ब्यक्ति भागवत प्रकाश मल्ल हो।प्रदेश सरकारमा भागवत प्रकाश मल्ललाई खेलकुद मन्त्री बनाइनु पर्ने प्रस्ताव पनि गुरुङले खुलेआम सार्बजनिक गरेका हुन।
अहिले सामाजिक संजाल फेसबुकमा मन्त्री बनाइनु पर्ने माग सहित मल्ल भाइरल बनिरहेका छन।स्याङ्जा र गण्डकी प्रदेशका काङ्ग्रेस युवा नेता कार्यकर्ताले अहिले पार्टी नेतृत्वमाझ जोडदार माग गरिरहेका छन कि भागवत प्रकाश मल्ललाई नै मन्त्री बनाइनु पर्छ। उनलाई स्याङ्जा भित्र मावोबादी केन्द्र र अन्य राजनैतिक दलका नेता कार्यकर्ताले समेत मन्त्री बनाइनु पर्ने मागका एकछत्र पोस्टहरु गरिरहेका छन।
त्यसमा अधिकतम पोस्ट भौतिक पुर्बाधार तथा खेलकुद मन्त्रीको माग गरिरहेका छन। यी सबै कुरालाई मध्यजनर गर्दा काङ्ग्रेस नेतृत्वले गहन भएर काङ्ग्रेस युवा नेता कार्यकर्ताको मन जित्ला अथवा काङ्ग्रेसमा उमेर पाकेका ब्यक्तिले मात्र नेतृत्व गर्न सक्छन भन्ने कुरालाई फेरि चरितार्थ गर्ला त्यो हेर्न बाकी छ। तथापि स्याङ्जा तरुण दलका अध्यक्ष भागवत प्रकाश मल्लले आफ्नो राजनैतिक जल्वा गण्डकी प्रदेशमा समेत देखाएका छन।
काङ्ग्रेसले गण्डकी प्रदेशमा बलियो युवा नेतृत्व पाएको र त्यो नेतृत्वलाई हाल मन्त्री बनाएर परिचालन गर्नुपर्ने माग स्याङ्जा काङ्ग्रेसका कार्यकर्ताले गर्दै आएका छन।यधपी काङ्ग्रेस नेतृत्वले मल्ल जस्ता युवा नेतृत्वलाई कसरी अगाडी बढाउछ त्यो भने समयले देखाउला।