काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । यही बिषयमा छलफल गर्न ओली केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छ्न् । ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
रक्षा मन्त्री र गृह मन्त्री कसलाई बनाउने भन्ने बिषयमा उनीहरू केही समयदेखि छलफलमा रहेको स्रोतले बतायो । गृहमन्त्रीमा ओलीले महेश बस्नेतलाई ल्याउन चाहेपछि भण्डारी असन्तुष्टि छन् । गृह मन्त्रीमै खगराज अधिकारीको नाम पनि चर्चामा छन् ।