काठमाडौँ – कान्तिपुर दैनिकमा कार्यरत बातावरणसम्बन्धी कलम चलाउने पत्रकार अब्दुल्लाह मियाँलाई निवर्तमान वनमन्त्री प्रेमबहादुर आलेले थ र्का ए का छन् । उनले छिट्टै ठीक पार्ने र हिसाव किताब गर्ने ध म्की समेत दिएका छन् ।
पत्रकार अब्लुल्लाह मियाँ ट्वीटरमा लेख्छन् ‘पत्रकारिताको २१ औं वर्षको यात्रामा सोमवार एउटा स्मरणीय घटना, तेरो हिसाब किताब हुन्छ अब, तंलाई ठीक पार्छु–छिट्टै ।’ आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा मियाँलाई यस्तो गरेका थिए ।
यस घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखाले सोमबार विज्ञप्ति जारी गरेको छ । मियाँलाई निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौंमा गरेको घटनाप्रति शाखाको गम्भीर ध्यानार्कषण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासा भएमा त्यसउपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निवर्तमान मन्त्रीजस्तो व्यक्तिले ध म्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भनेको उक्त विज्ञप्तिमा भनिएको छ ।