काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल समूहले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बसेका छन् । बिहीबारको बैठक प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहसँग भइरहेको बैठकबारे बिफ्रिङ गरेका छन् ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताले केन्द्रीय सदस्यहरुलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा नेता पाण्डेले एमाले एकता जोगाउन आफुहरूले प्रयत्न गरिरहेको बिफ्रिङ गरेका छन् । केही दिनभित्रै सबैलाई जानकारी हुने भन्दै केन्द्रीय सदस्यहरूलाई नआत्तिन आग्रह गरेका थिए । ‘पार्टी एकता जोगाउन इमान्दार प्रयत्न गरिरहेका छौं । अब हेरौं बालुवाटारले कसरी लिन्छ । हाम्रो इमान्दार प्रयत्नलाई कसरी लिइन्छ, केही दिनमै थाहा पाइहाल्नु हुन्छ’, पाण्डेले भने ।
‘पार्टी दक्षिणपन्थतिर गएर एजेन्डा अलपत्र पर्यो । त्यसका लागिविरुद्ध संघर्ष गर्नुपर्छ’, नेता खनालले भने ‘संगठन मात्रै ठूलो नभएर केही हुँदैन् मुख्यत एजेन्डा हुनुपर्यो ।’
नेता नेपालले ओली समूहसँग पार्टी एकताको कुरा भए पनि उपलब्धि नभएको बताएका थिए । ‘पार्टी एकताका लागि अनौपचारिक ढंगले केही साथीहरुले कुरा पनि गरिराख्नु भएको छ’ नेता नेपालले बैठकमा भनेका थिए ‘तर खासै उपलव्धि भैसकेको छैन ।’
२०७५ जेठ २ मा टेकेर अगाडि बढौं भन्ने कुरा अनौपचारिक रूपमा भए पनि औपचारिक प्रस्ताव नआएको बताएका थिए ।