काठमाडौं । नेकपा एमालेले माधव कुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको आरोप लगाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका छन् ।
जारी विज्ञप्तिमा पार्टीको विधान अनुसार अध्यक्षसंगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका व्यक्तिले केन्द्रीय कमिटी बैठक बोलाउन निमिल्ने उल्लेख गरेको छ ।
विज्ञप्तिमा अवैधानिक व्यक्तिले बोलाएको बैठकमा सहभागि नहुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्दै पार्टीको विधान विपरीत कार्यको कार्यको निन्दा एवं भर्त्सना गरेको छ ।
पार्टी संस्थापन पक्षले आफ्नो समूहभित्र खेलेर फुटाउने नीति लिएपछि माधव नेपाल समूहले बिहीबार बिहान ११ बजे भर्चुअल माध्यमबाट एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।