काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो आफ्नाे पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।
ओलीले साँझ ५ बजे आफ्नो सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आइतबारको बैठकबाट पछिल्लो पटक ओलीले स्पष्टीकरण सोधेका माधवकुमार नेपाल पक्षका थप १२ जना सांसदहरुलाई कारबाही गर्ने अनुमान गरिएको छ।
ओलीले यही जेठ १२ गते यी सांसदहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए।