काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन् भने १४५ जनाको मृत्यु भएको छ।