काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतप्रति आफुहरूलाई विश्वास भएको बताएका छन् । सोमबार विपक्षी गठबन्धनले विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि थापाले यस्तो बताएका हुन् । थापाले करिब ५४ प्रतिशत सांसदले हस्ताक्षर गरेको दाबी गरेका छन् ।
‘अदालतले संविधानको धारा हेरेर, केही समयअघि अदालत आफैँले गरेको व्याख्याको आधारमा हामीले दायर गरेको रिटको पक्षमा दायाँ बायाँ गर्दैन भन्ने विश्वास छ,’ थापाले भने, ‘करिब ५४ प्रतिशत सांसद आएर रिट दायर गरेका छौँ ।’