काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् । देउवा निवास बुढानिलकण्ठमा केही बेरमा बस्ने बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।
आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने सहमहामन्त्री प्रकासशरण महतले जानकारी दिए । कांग्रेसले समसामुहिक विषयमा छलफल गरी कांग्रेसले आधिकारिक धारणा तय गर्ने बताए । विपक्षी गठबन्धनको तर्फबाट शेर बहादुर देउवाले बहुमत सदस्य आफुसंग रहेको दावी गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न राखेको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गर्दै संसद विघटन गरेकी थिइन ।