स्याङ्जा -नेपाली काङ्ग्रेसका प्रभावशाली नेता मोहन पाण्डेले नियोजित षड्यन्त्रको मतियार राष्ट्रपति र प्रधानमन्त्री देशको राजनीतिक स्थिरताका बिरुद्धमा खुलेर उभिएको सामाजिक संजाल मार्फ बताएका छन् ।
पाण्डेले संविधानसभामार्फत जारी लोकतान्त्रिक संविधान खारेज गर्न लागिपरेका स्वदेशी र विदेशी एजेन्टहरुको सल्लाहमा संसद बाट सरकार बन्ने सम्भावना रहेको अवस्थामा र प्रतिनिधिसभा का बहुमत सदस्यहरूको हस्ताक्षर सहित नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी प्रस्तुत गरेको अबस्थामा प्रधानमन्त्रीमा नियुक्त नगरी संसद भित्र सरकार बन्ने संभावना रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नपाइने संवैधानिक मान्यता विपरीत असंवैधानिक तरिकाले प्रतिनिधिसभाको विघटन गरिएको परिस्थितिमा सबै लोकतान्त्रिक राजनीतिक शक्तिहरु एकताबद्धभै प्रतिरोधमा उत्रनु र राजनीतिक र संवैधानिक तरिकाले संविधानको रक्षा गर्न डटेर सामना गर्नुको विकल्प नरहेको बताएका छ्न ।
उनले फेरि एकपटक सर्वोच्च अदालतले सबैतिरका सबैखाले षड्यन्त्रकारिको लोकतन्त्र विरोधी षड्यन्त्र लाई निस्तेज पार्दै प्रतिनिधिसभाको पुनःस्थापना गरि लोकतन्त्र र संविधान बचाउने काममा महत्त्वपूर्ण निर्णय दिनेछ भनेर विश्वास राखेका छ्न ।
उनले फेसबुक मार्फत यस्तो लेखेका छ्न :