काठमाडौं । संविधान संशोधनको गृहकार्य गर्न ५ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलमा सरकार पक्ष र जसपाका नेताहरु छन् ।
जसपा अध्यक्ष महन्थ ठाकुरका अनुसार कार्यदलमा जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल छन् ।