हिमदुत,स्याङ्जा-नेपाली काङ्ग्रेसका नेता एव प्रतिनिधि सभाका सदस्य मोहन पाण्डेले आफ्नो तलब तथा सेवा सुविधा बाट प्राप्त भएको रकम हेल्लो बिर्घाको स्वामित्वमा कालीगण्डकी गाउपालिकाका सबै स्वास्थ चौकीहरुलाई कोभिड १९ नियन्त्रणका लागी दिने भएका छ्न ।
पाण्डेले अक्सिजन बेड ,माक्स,अक्सिजन मिटर ,कन्दन्ट्रेटर खरिद गर्नका लागी आफ्नो तलब भत्ताबाट आएको १ लाख रुपैयाँ कालीगण्डकी गाउपालिकाकाको स्वास्थ चौकीलाई दिने भएका हुन ।
नेता पाण्डेले कालीगण्डकी गाउपालिकामा मात्र नभएर स्याङ्जाको अन्य पालिकाहरुमा पनि कोभिड नियन्त्रणका लागी सहयोग गर्ने हिमदुत सङ्ग बताए ।
उनले सबै स्याङ्जाका कोरोनाबाट आक्रान्त्तित जनतालाई सुरक्षीत राख्ने नेतृत्वमा रहेका व्यक्तिको जिम्मेवारी भएको भन्दै कोरोनाबाट जनतालाई बचाउनका लागी सरिक भइ लागी परेको पाण्डेले बताए ।