काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उनीहरुमाथिको कारबाही फिर्ता लिएको ओली समूहका नेता विष्णु पौडेलले जानकारी दिए ।
एमालेको बैशाख पहिलो साता बसेको क्न्द्रीय कमिटी बैठकले नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले कारबाही गरेको थियो ।
माधव समूहले आज सामूहिक राजिनामा दिने तयारी गरिरहेको समयमा ती चार जना नेताको कारबाही फुकुवाको निर्णय गरेको हो । बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बस्नु अघि अर्थमन्त्री समेत रहेका पौडेल आज बिहान नेता नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका थिए ।
एमालेको सो निर्णयसंगै विपक्षी गठबन्धनको नेतृत्वमा बहुमतको सरकर बन्ने सम्भावना लगभग सकिएको छ ।