हिमदुत डेक्स वालिङ, २८ वैशाख । वालिङमा कोभिड संक्रमित ७७ वर्षिय महिलाको वालिङ मिर्दि स्थित एक होटलमा आज विहान निधन भएको छ । वालिङ नगरपालिका १३ घर भएकी उनलाई गत २३ गते गर्हौ घ्याङ्लिङ अस्पतालमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई वालिङवाट पोखरा रिफर गरिएको थियो । पोखरामा गण्डकी मेडिकल कलेजमा तीन दिन उपचारवाट फर्किएकी उनी तीन दिन देखि घरमा नगई मिर्दि स्थित एक होटलमा वस्दै आएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । उनको आज विहान ७.३० मा निधन भएको खवर प्रप्त हुनासाथ घटनास्थलमा प्रहरी पुगेर विवरण लिईएको प्रहरीले जनाएको छ । शव व्यवस्थापनका लागि नेपाल सरकारको निर्देशिका वमोजिम परिवारले गर्ने या नेपाली सेनालाई जिम्मा दिने भन्ने वारे परिवारका सदस्यहरू आएपछि मात्र निर्णय हुने प्रहरीले जनाएको छ ।