काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा भारतले छनोट गरेको एक नेताले बताएका छन् । भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रमण्यम स्वामीले नेपालको प्रधानमन्त्रीमा वर्तमान काम चलाऊ प्रधानमन्त्री केपी शर्मा ओली भारतको छनोट भएको बताएका हुन् ।
‘नेपालबारे मेरो ज्ञानको आधारमा केपी ओली भारतको छनोट हुन्’ मङ्गलबार स्वामीले ट्वीट गरे ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री बने चीनको जीत हुन्छ ।’
ओलीले विश्वासको मत नपाएर नयाँ सरकार गठनबारे छलफल भइरहेको बेला स्वामीको यो भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।