काङ्ग्रेस नेता पाण्डेले आजबाट काङ्ग्रेसको नेतृत्वमा नया सरकारको ढोका खुल्ने समेत बताए । माओवादी केन्द्र,जसापा,खनाल नेपाल सम्मीलित काङ्ग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने गरि मुलुकको राजनीति अघि बढ्ने बताए ।
पाण्डेले काङ्ग्रेसको नेतृत्वमा सरकार स्थापित भयो भने पहिलो प्रथामिकतामा कोरोनालाई राख्ने बताए । नेपाली जनता अहिले कोरोना माहामारी सङ्ग आक्रान्तित भएको बेला सबै जनतालाई सुरक्षीत राख्न काङ्ग्रेसले मदत पुर्याउने पाण्डेले हिमदुत सङ्ग बताए ।
” नेपाल अहिले कोरोना माहामारि सङ्ग लडिरहेको छ काङ्ग्रेसको नेतृत्वमा सरकार बन्यो भने सरकारलेले कोरोना माहामारी बाट आक्रान्त जनतालाई सुरक्षित बनाउने कामलाइ पहिलो प्राथमिकतामा राखनेछ ”
कोरोना माहामारी सङ्ग नेपाल अहिले सामना गर्दै गर्दा अक्सिजन सिलिन्डर,भ्याण्टिलेटर,खोप तथा कोरोना सङ्ग लड्ने थुप्रै साधन स्रोतको अभाव भएका बेला काङ्ग्रेसको सरकार बन्यो भने सम्पुर्ण अभाव भएका स्रोत तथा साधन जुटाएर जनतालाई माहामारी बाट छुटकारा दिलाएर मुलुकको हितमा काम गर्ने समेत पाण्डेले बताए ।