काठमाडौं । सत्ता संकट बेहोरी रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजिनामा दिएका छन् ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
गण्डकी प्रदेशमा पनि लुम्बिनि प्रदेशमा जस्तै ठुलो दलको हैसियतले गुरुङलाई पुन मुख्यमन्त्री नियुक्ति गर्ने आशंका गरिएको छ । यसअघि राष्ट्रपति विद्यादेवि भण्डारीले प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएर सिताकुमारी पौडेललाई नियुक्त गरेकी थिइन् ।
यसैगरी गुरुङको राजिनामा पौडेललाई स्विकृत समेत गरिसकेकी छिन् ।