काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टिकरण सोधेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टिकरण सोधेका हुन् ।
स्पष्टिकरण सोधिनेमा सांसदहरु समिना हुसने, कलिला खातुन, गंगा चौधरी रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । एमाले पार्टी कार्यलयले जनाए अनुसार उनीहरुलाई चार दिनअघि स्पष्टिकरण र त्यसको जवाफ समेत आइसकेको छ ।
यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो भने कर्णालीका प्रकास ज्वाला सहित ४ जना प्रदेश सभा सदस्यलाई पार्टीबाट निष्कासन गरिसकेको छ ।