काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्न विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।
बैठकले आन्तरिक हवाई उडान सुचारु राख्ने निर्णय गरेको एक मन्त्रीले बताए । त्यस्तै सातै प्रदेशमा एक/एक हजार बेड क्षमता रहेको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ ।
त्यस्तै संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन कसैले विदेशबाट अक्सिजन आयात गर्न चाहे भन्सार छुट दिने निर्णय गरेको छ ।
र, यो पनि : काठमाडौँमा एक हप्ता अत्यावश्यकबाहेकका सेवा बन्द (आदेशसहित)
त्यस्तै पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको एक मन्त्रीले जानकारी दिए ।
र, यो पनि : अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार सरकारले अर्को निर्णय नगरेसम्म देशभरका विद्यालय/कलेजले भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन पाउने भएका छन् ।
र, यो पनि : काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)
सीसीएमसीले आइतबार परीक्षा स्थगित गर्ने निर्णयलाई पनि मन्त्रिपरिषद्ले पारित गरेको ति मन्त्रीले जानकारी दिए ।