काठमाडौं । मन्त्रिपरिषदको बैठकबाट कोरोना संक्रमणको जोखिम देखाउँदै २५ जनाभन्दा बढी भिडभाड नगर्न सर्वसाधारणलाई निर्देशन दिएको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली दैनिकजसो सयौंको संख्यामा भिडभाडका कार्यक्रम बनाईरहेका छन् ।
शनिबार मात्रै सयौंको संख्यामा धरहराको उद्घाटन गरेका ओलीले आईतबारका लागी २ सय बढीको एमाले केन्द्रीय कमिटिको बैठक बोलाएका छन् । महाधिवेशन आयोजक समितिको बैठकका लागी शनिबार राति ११ बजे म्यासेज आएको केन्द्रीय कमिटिका सदस्यहरुले बताएका छन् ।
यसअघि बालुवाटारमा भव्य पुजाआजा सहित ओली माडीमा स्थापना गर्न लागिएको राममन्दिरका लागी मुर्ति पठाएका थिए ।
अगुवाले नै संक्रमण र आफ्नै निर्णयलाई पालना नगरी दैनिकजसो भिडभाड गर्न थालेपछि कार्यान्वयनकारी निकायलाई निर्णय कार्यान्वयन गर्न कठिनाई भएको प्रशासनिक अधिकारीहरु बताउँछन् ।
ओलीले बोलाएको महाधिवेशन आयोजक समितिको बैठकबाट असन्तुष्ट माधव नेपाल पक्षमाथि सोधिएको स्पष्टीकरणमाथि कारवाही हुन सक्ने बताइएको छ ।