काठमाडौं । नेपाली काँग्रेसले भोलि बोलाएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले बैठक स्थगित गरेको हो । भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र मंगलबार बैठक बस्ने पूर्वसह–महामन्त्री अर्जुन नरसिंह केसीले बताए । बैठकले विदेशमा रहेका पार्टीको महाधिवेशनका मतदातालाई समावेश नगर्ने निर्णय भएको केसीले बताए ।
यस्तै, कांग्रेसको नेतृत्वमा ओली सरकारको विकल्प दिनको लागि पहल र छलफल सकारात्मक दिशातिर अघि बढेको निष्कर्ष निकाल्दै छलफल जारी राख्ने केसीले बताए । विपक्षी गठबन्धनबीच घनिभूत छलफलको साथसाथै प्रधानमन्त्री ओली विरुद्ध हस्ताक्षर अभियान जारी रहेकोले केही दिनमा परिणाम निष्कने नेताहरुले बताउँदै आएका छन् ।