धरान । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका छन्।
भोक्राहा नरसिंह गाउँपालिका–३ घर भएका ५४ वर्षीय यादवलाई प्रहरीले सुनसरीको धरान उपमहागरपालिका–१३ स्थित डुकु होटेल एण्ड लजबाट पक्राउ गरेको हो।
अध्यक्ष यादवलाई होटलमा यौनजन्य क्रियाकलाप गर्दै गरेको अवस्थामा पक्राउ गरिएको धरान प्रहरीले जानकारी दिएको छ।