काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एमालेकै माधव कुमार नेपालसहितका ४ नेताले सर्वोच्च अदालतमा दायर रिट दर्ता भएको छ ।
बिहीबार नेपालसहितका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट तिलक थापाको वारेसनामा रिट दर्ता भएको हो ।
रिटमा ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक भएको तथा हालै सोधिएको स्पष्टीकरण पनि पार्टी विधानविपरित भएको दावी गरिएको छ ।
साथै फागुन २८ मा ओलीले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठकका नाममा गरेका निर्णयहरु खारेज गर्न माग गरिएको छ । सो दायर रिट आइतबार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।