काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा जारी छ ।
देउवाका स्वकीय सचिव भानु देउवाको अनुसार आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा रहेका छन् ।
बैठकमा क्रियाशील सदस्यता विवाद टुंगो लगाउनेबारे छलफल केन्द्रीत रहेपनि पछिल्लो राजनीतिक घटनाक्रम सम्बन्धमा समेत छलफल हुन सक्ने बताइएको छ ।
विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेकोले विवरण नपठाएका जिल्लाहरुलाई कांग्रेसले सदस्यताको विवरण पठाउन थप एक साताको समयसीमा दिएको छ।