काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीबाट निलम्बित नेता माधव नेपाल सहित २० जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।