काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा पठनपाठन बन्द गर्न आग्रह गरेको छ ।
मन्त्रालयले ती जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
यस्तै मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा ब्लबहरु, खेलकुद, जिम,सिनेमा हल, सपिङ मल, नाच घर, पार्टी प्यालेस, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।