नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा सदस्य पद खारेज भएको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएको जानकारी दिएका हुन् ।
पदमुक्त हुनेमा तीन जना प्रत्यक्ष निर्वाचन हुन् भने एक समानुपातिक प्रदेशसभा सदस्य हुन् ।