२३ चैत, स्याङ्जा । नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य मोहन प्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल देखी पोखरा सम्मको सडकमा सरकारको ध्यान नपुगेको भन्दै आक्रोश पोखेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पाण्डेले सरकारको मन्त्रीहरु सिद्धार्थ राजमार्गको बाट ओहोरदोहोर गर्दा सडकमा किन ध्यान नपुगेको भन्दै प्रश्न पनि गरेका छन् ।
उनले भने, ` सरकारको मन्त्रीहरु सिद्धार्थ राजमार्गमा ओहोरदोहोर गर्नु भएको छ तर किन ध्यान पुगेको छैन ? म आग्रह गर्न चाहान्छु १२ ,१५ करोड ठूलो कुरा होइन ´ पाण्डेले भने `तीन महिना भित्र त्यस मार्गमा बजेट बिनियोजन गरियो भने त्यहा कालोपत्रे गर्न सकिन्छ,वर्षै विच्छे मान्छेको ज्यान गएको ,जिवन जोगाउने पक्षमा सरकार लागी परोस म आग्रह गर्न चाहान्छु।’
पाण्डेले सालिग्राम शिला तटबन्धकोलागी प्रयाप्त बजेट बजेट बिनियोजन गर्न पनि आग्रह गरेका थिए ।
यसअघि प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।