काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपाल देशव्यापी संगठन सुदृढिकरण अभियानमा जुटेको छ ।
चैत्र ४ र ५ गते केन्द्रिय समितिको बैठक सम्पन्न गर्दै जेठ २८–३० गते राष्ट्रिय भेल ागर्ने निर्णय गरेको वाईसिएलले संगठन सुदृढिकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्मको बैठकलाई तिव्र बनाएको छ ।
प्रत्येक प्रतिनिधिसभा निर्बाचन क्षेत्रमा १ हजारका दरले सदस्यता थप्ने निर्णय गरेको वाईसिएलले बैशाख महिनाभित्र वडा हुँदै स्थानीय तह र जिल्लाका भेला सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
१ नं., २ नं., वागमति, गण्डकी र लुम्बिनि प्रदेशको बैठक बसेर भेला आयोजक समिति बनाएको वाईसिएलले स्थानीय तहमा सदस्यता वितरण र भेलाहरु तिव्र पार्नुका साथै झण्डै दुई दर्जन जिल्लाका बैठकहरु सम्पन्न गरिसकेको संगठनका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले बताएका छन् ।
संगठनको सुदृढिकरण नै यतिबेलाको मुख्य कार्यभार बनाएको वाईसिएलले सामाजिक विकृतिका विरुद्ध पनि सघर्ष गर्न मातहतका संगठनलाई दिर्नेशन जारी गरेको छ ।
जेठको २० गतेभित्र प्रदेश भेलाहरु सम्पन्न गर्दै केन्द्रिय भेलाको तयारी गरिरहेको वाईसिएलले कम्तिमा ४ लाख सदस्य, १ लाख भन्दा संगठित सदस्य बनाउने लक्ष्य लिएको बताइएको छ ।
संगठनलाई चुस्त, छरितो र कामकाजी बनाउने लक्ष्य अन्र्तगत नै संगठनको केन्द्रिय समितिको संख्या १९९ बाट घटाएर १६१ बनाएको छ ।
दीपशिखा भन्छन्–‘हामी जेठको भेलासम्म पुग्दा एउटा जिउँदोजाग्दो र रहरलाग्दो युवा संगठन निर्माण गर्छौ’।