काठमाडौं । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना बनाएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयले यसअघिनै ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो ।
चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो ।