काठमाडौं । एक दशक अघिसम्म प्रिन्ट मिडिया र रेडियो फ्रिक्वन्सीको जगजगी रहेको अवस्था थियो । पाठक स्रोताले यसकै आधारमा आफ्नो धारणा बनउँथे । अहिले विश्वव्यापीरुपमा प्रविधि र इन्टरनेटमा आएको आमुल परिर्वनले सूचनाको घेरालाई व्यापक बनाइदिएको छ ।
कागजी युगबाट अहिले डिजिटल प्लेटफर्ममार्फत आम पाठक–स्रोता–दर्शकले आफ्ना धारणा र दृष्टिकोण तय गर्ने गरेका छन् । प्रविधिको विकाससंगै नेपालमा लोकप्रिय बन्दै गएको अनलाइन पोर्टल, फेसबुक, ट्वीटर, इस्टाग्राम, टिकटक, युटुब जस्ता सामाजिक साइट जीवनकै एउटा पाटो बन्न गएको छ ।
आम जनताको सूचनाको मुख्य स्रोत नै आजकल यी नै सामाजिक साइट भएको छ । विभिन्न साइटमा गएर सर्च गर्नुपर्ने झन्जटबाट मुक्त दिलाउने काम आज फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालले एउटै प्लेटफर्ममा उपलब्ध गराउँने हुँदा दिनप्रतिदिन यसको लोकप्रियता बढ्दै गएको छ ।
छिनछिनमा तरङ्गित भइरहेको नेपालको घटनाक्रामबारे सामजिक सञ्जालमार्फत बिहिबार दिनभर कसले के अभिव्यक्त गरे भन्नेबारे बहस प्रस्तुत गर्नु वाञ्छनिय देखिन्छ….।
डाक्टर बाबुराम भट्टराई
सामाजिक सञ्जाल ट्वीटरमा प्राय छाइराख्ने जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीतर्फ इंगित गर्दै जनता समाजवादी पार्टीले ओलीतन्त्रको घाँस नखाने टिप्पणी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति कटु आलोचक बन्दै आएका उनी रेशम चौधरीलाई रिहाइ गर्दैमा जसपाले ओलीतन्त्रको घाँस खान नजाने बताएका छन् ।
रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!— Baburam Bhattarai (@brb1954) April 1, 2021
घनश्याम भुसाल
प्रधानमन्त्री ओलीद्वारा बिहिबार ६ महिना पार्टीबाट निलम्बनमा परेका नेता घनश्याम भुसालले ओलीको असिमित सत्ताभोगी अमृत तृष्णाले बामपन्थी आन्दोलन र लोकतन्त्रलाई बर्बादी बनाएकोले जनतासंग आफुले माफि माग्ने बताएका छन् ।
असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । +— Ghanashyam Bhusal (@gsbhusal) April 1, 2021
योगेश भट्टराई
एमालेका अर्का नेता योगेश भट्टराईले घनश्याम लगायत नेताहरुलाई ओलीले कारवाही गरेकोमा तिब्र असन्तुष्टि व्यक्त गरेका छन् । समामाजिक सञ्जालमार्फत उनले तपोभूमि, ॠषिमुनीको देशमा विद्वान र इमान्दारमाथि कारवाही हुने टिप्पणी गरेका छन् ।
ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन ।
कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।— Yogesh Bhattarai (@yogesbhattarai) April 1, 2021