काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले केपी ओली पार्टीभित्रको समस्या भएको भन्दै केपी ओली एण्ड कम्पनीले आफूलाई गरेको कारबाहीको अर्थ नभएको प्रतिक्रिया दिएका छन् । युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’
उनले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने भन्दै आफूहरुले फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए । ०७५ जेठा भन्दा पहिलेको बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी रहेको उनले बताए । ‘उहाँ सुध्रिनु्हन्छ भने लाग्दैन । तर आशाको सानो त्यान्द्रो भने बाँकी छ ।’ उनले भने ।
नेपालले संगठन बनिसकेपछि सडकमा बसिरहने कुरा नआउने भन्दै देशभरीका कार्यकर्ताले के भन्छन् त्यही आधारमा अघि बढिने बताए । उनले केपी ओलीले आफूलाई निकाल्ने हैसियत नराख्ने पनि बताए । ‘