काठमाडौं । सरकार र संसदबीचको दुरी बढीरहेको समयमा आइतबार प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बालुवाटारमा भेटवार्ता भएको छ।
आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।
त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए। उनीहरूबीच दुई घन्टा कुराकानी भएको थियो।
प्रतिनिधिसभा पुनर्स्थापित भए पनि संसदले बिजनेस नपाएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो।