काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमितको संख्यासंगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको र जोखिम पनि बढेको छ भन्दै होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरे।
पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते होली मनाइँदैछ । बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।