१० चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली बि–माले, सि–माले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे ।
मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’