काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओलीइतर समूहले आजदेखि समानान्तर भेला सुरू गर्ने भएको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले देशभर समानान्तर भेला आयोजना गर्ने निर्णयसंगै यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको छ ।
आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा एघार बजे सुरु हुने भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले सम्बोधन गर्दैछन् । २८ फागुनमा अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।
भोलि युवा संघको भेला गर्दैछ । १० चैतमा विद्यार्थीको राष्ट्रिय भेला बोलाएको छ ।